खेलकुद

मध्यपुरलाई २–१ ले हराउँदै नयाँ बस्ती बी डिभिजन लीगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । कोरोना महामारीका कारण बीचमै स्थगित भएको बी डिभिजन लिग फुटवल आजदेखि शुरु भएको छ ।

आज भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई हराउँदै नयाँ बस्ती युवा क्लब लिगको चौंथो स्थानमा उक्लिएको छ । पुन संचालन भएको लिगको पहिलो खेलमा नयाँ बस्तिले मध्यपुरलाई २–१ गोल अन्तरले हराएको हो ।

सातौं मिनेटमै सचु गुरुङको गोलबाट नयाँ बस्तिले अग्रता लिएको थियो । मध्यपुरका लागि ५७ औं मिनेटमा भोपाल सिंह गुरुङले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

तर ७९ औं मिनेटमा नयाँ बस्तिका लागि अबय धिमालले गोल गरेर जीत दिलाएका थिए । ६ खेलबाट ११ अंक सहित नयाँ बस्ती तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित मध्यपुर भने एक अंकसहित तालिकाको पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *