काठमाडौँ । जापानकी टेनिस सुन्दरी नाओमी ओसाकाले अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।
शनिबार सम्पन्न फाइनल खेलमा ओसाकाले अमेरिकी टेनिस खेलाडी जेनिफर ब्राडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गरेकी हुन् ।
२३ बर्षिय ओसाकाले आफ्नो क्यारियमा दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् । यस अघी उनले पहिलो पटक २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् ।
त्यस्तै उनको क्यारियरमा भने यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई युएस ओपन र दुई अस्ट्रेलियन ओपन जितेकी छन् ।




