खेलकुद

अष्ट्रेलियन ओपन टेनिस महिलातर्फको उपाधि भिडन्त आज

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधिका लागि आज नाओमी ओसाका र जेनिफर ब्राडी भिड्ने भएका छन् ।

उपाधिका लागि आज तेस्रो वरियताकी ओसाका र २२औं वरियताकी ब्राडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

जापानी खेलाडी ओसाकाले दशौं वरियताकी सेरेना विलियम्सलाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

उता अर्को सेमिफाइनलमा अमेरिकी खेलाडी ब्राडीले २५ औं वरियताकी चेक रिपब्लिककी क्यारोलिना मुचोभालाई हराएकी थिइन् ।

ओसाकाले यसअघि तीन पटक ग्राण्ड स्लामको उपाधि जितिसकेकी छिन् भने ब्राडीले आज पहिलो ग्राण्ड स्लामको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *