काठमाडौं । रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीमा भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा सितलादेवी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवर पारेर विद्यालय प्राङ्गणमा दुई चरणको भलिबल प्रतियोगिता आयोजना गरिएको देरालीको वडा अध्यक्ष नीर कुमार श्रेष्ठले जानकारी दिए । वडा भित्रको टोलस्तरीय र खुला गरी दुई चरणको प्रतियोगिता सुरु हुन लागेको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिता फागुन २० गतेदेखि २४ गतेसम्म सितला देवी माविको प्राङ्गणमा हुने श्रेष्ठले जानकारी दिए । उनकाअनुसार दुई चरणको प्रतियोगितामा पहिलो प्रतियोगिता टोलस्तरीय हुनेछ । टोलस्तरीय २० र २१ गते हुनेछ भने खुल्ला प्रतियोगिता २२ देखि २४ गतेसम्म हुनेछ । उत्सवको अवरमा आयोजना गरिएको प्रतियोगितामा सबैलाई सहभागिता जनाउनपनि अध्यक्ष श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः दश हजार, सात हजार, पाँच हजार र तीन हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ ।
त्यस्तै, खुलातर्फको पहिलो ७५ हजार रहेको छ भने दोस्रोलाई ४० हजार, तेस्रोलाई २५ हजार र सान्त्वनालाई दश हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




