काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज अन्तिम खेल हुँदैछ ।
आज दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुन लागेको हो ।
एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।
डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।




