खेलकुद

एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । आयोजक खेलाडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते शनिबार मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ ।

अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ ।


सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १÷ १ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले जनही १० र १० हजार पाउने छन् । प्रतिभावान महिला र पुरुष खेलाडीले ५० र ५० हजार रुपैयाँ पाउनेछन् ।

संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ । यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५० र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस पटकको अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ ।

संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *