काठमाडौं ।भारतको टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रीमियर लीगका लागि खेलाडीहरूको अक्शन अर्थात् लिलामी भइरहेको छ।
अहिलेसम्मको लिलामीमा राजस्थान रोयल्सले क्रिस मोरिसलाई भारु १६.२५ करोड (२६ करोड नेपाली रुपैयाँ) तिरेर किनेको छ।
उनी आईपीएलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी हुन्।
उनीपछि ग्लेन म्याक्सवेललाई भारु १४.२५ करोड भारतीय रुपैयाँ (२२.८ करोड नेपाली रुपैयाँ) दिएर रोयल च्यालेन्जर्स बेङ्गलुरूले किनेको छ।
नेपालका स्पिनर सन्दीप लामिछाने पनि अक्शन हुने खेलाडीको सूचीमा परेका थिए। तर उनलाई कुनै पनि क्लबले लिएन।




