खेलकुद

नाओमी ओसाका अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्न । जापानकी नाओमी ओसाका अष्ट्रेलियन ओपन २०२१ को फाइनलमा प्रवेश गरेकी छन् ।

बिहीबार भएको महिला एकलतर्फको खेलमा अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

रोड लेवर एरिनामा भएको पहिलो सेमिफाइनल खेलमा विश्व नम्बर तीन ओसाकाले दशौँ वरियताकी सेरेनालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् ।

जितपछि छोटो प्रतिकृया दिँदै ओसाकाले भनिन्, “सुरुमा म साह्रै घबराए र डराए त्यसपछि मैले यसमा प्रवेश गर्न सजिलो बनाए ।”

सेरेना १८ वर्षपछि पहिलो पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरिएकी हुन् । साथै, ग्राण्ड स्लैममा शीर्ष पाँचौँ वरियताका खेलाडीविरुद्ध १४ खेल खेलेकी सेरेनाको पहिलो हार समेत हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *