खेलकुद

सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन २१ देखि

बाँके । सातौँ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसीले पत्रकार सम्मेलन गरेर सो जानकारी दिए ।

नेपालगञ्जको रङ्गशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतभन्दा भव्य बनाउने मूल आयोजक समितिका सयोजक केसीले बताए । उनले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गरे ।

संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर १ क्लब च्याम्पियनसीप कपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताए । बाँकेका आठवटै पालिका उपप्रमुखहरुको एक्यवद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई चयन गरिएको छ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपिएफ तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौँमा एपिएफ र छैठौँ पुलिस विजेता भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *