काठमाडौं । दुई खेल बाँकी रहँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगको उपाधि जितेको छ ।
बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि एपिएफ च्याम्पियन बनेको हो ।
आजको खेलमा आर्मी विजयी भएको भए एपिएफले अर्को खेलको नतिजाले अन्तिम खेलसम्म लिगको उपाधी लम्बिने सम्भावना थियो । तर पुलिस र आर्मी बराबरीमा रोकिएसँगै एफिएफ च्याम्पियन बनेको हो ।
बुधबारको खेलमा पुलिसले अग्रता लिएको थियो । अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । पहिलो हाफको १७औँ मिनेटमा पुलिसले गोल गरेको थियो ।
दोस्रो हाफको ५३औँ मिनेटमा आर्मीकी रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काइन् ।
११ खेलबाट आर्मीको २६ अंक रहेको छ । एक खेल कम खेलेको एपिएफको ३० अंक रहेको छ भने पुलिस १५ अंकसहित चौथो स्थानमा रहेको छ ।
यस्तै, विराटनगरको १६, वालिङको १४, चन्द्रपुरको ९ तथा चौदण्डीगढीको शून्य अंक रहेको छ ।




