खेलकुद

विश्व नम्बर एक ब्रार्टी क्वाटरफाइनलबाटै बाहिरिइन्

मेलबर्न । अशलेग बार्टी अष्ट्रेलियन ओपन २०२१ को क्वाटरफाइनलबाट बाहिरिएकी छन् । अष्ट्रेलियाकी विश्व नम्बर एक बार्टी चेक गणतन्त्रकी २५औँ वरियातकी क्यारोलिन मुचोभासँग २–१ को सेटमा पराजित भइन् ।

पहिलो सेटमा ६–१ को सहज जित हात पारेकी बार्टी दोस्रो र तेस्रो सेटमा लगातार पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् ।

पहिलो सेटमा १–६ ले पराजित भएकी क्यारोलिनले उत्कृष्ट पुनरागमन जनाउँदै ६–३ र ६–२ को सेटमा विजयी भइन् ।

क्यारोलिनले सेमिफाइनलमा अमेरिकाकी जेनिफर ब्राडीसँग फाइनल प्रवेशका लागि भिड्ने भएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *