खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी र पुलिसबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । यस खेल आर्मीका लागि महत्वपूर्ण रहेको छ ।

दोस्रो स्थानमा रहेको आर्मीलाई उपाधिको सम्भावना कायम राख्न जित्नै पर्ने दवाब छ ।

पुलिसलाई हराएमा आर्मीको उपाधि होड कायम रहनेछ ।

आर्मी पुलिससँग पराजित भए शीर्ष स्थानको एपीएफले दुई खेल अगावै उपाधि जित्नेछ ।

आर्मीले १० खेलमा २५ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १४ अंक रहेको छ ।

त्यस्तै आजको दोस्रो खेलमा शीर्ष स्थानको सशष्त्र प्रहरीको नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

एन्फा मैदान सातदोवाटोमा आज दिउँसो ३ बजे हुने यो खेलले लिग विजेताको टुंगो लगाउन सक्नेछ ।

यो खेलमा एपिएफले जित वा बराबरी गरेको अवस्थामा शुक्रबार हुने आर्मी विरुद्धको खेलअघि नैं एपिएफ लिग च्याम्पियन बन्नेछ ।

आज एपिएफ हारेको अवस्थामा भने लिगको छिनोफानो अन्तिम दिनको खेलले गर्नेछ ।

शीर्ष स्थानको एपिएफको १० खेलबाट ३० अंक छ । त्यस्तै विराटनगर ११ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *