खेलकुद

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौँ । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा मा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका खेल्दैछन् ।

पुलिस र एपीएफको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा १२ बजे सुरु हुनेछ । पुलिसविरुद्ध मैदान उत्रंदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ । एपीएफ पुलिसलाई पराजित गरी उपाधि होड बलियो बनाउन चाहन्छ । पुलिस उपाधि होडबाट बाहिरिइसकेको छ ।

आजै अपराह्न हुने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाको खेलमा दुबै टोली अंक तालिकामा आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन् ।

वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने विराटनगर १० खेलमा १३ अंकसहित पाँचौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *