काठमाडौँ । इङल्याण्ड भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा १३४ रनमा अल आउट भएको छ ।
इङल्याण्डका लागि बेन फोक्सले सर्बाधिक ४२ रन बनाए भने ओली पोपले २२, बेन स्टोकले १८ र डोम सिबलीले १६ रन बनाएका थिए ।
इङल्याण्डका ओपनर रोरी बर्न्स शुन्यमा आउट भएका थिए भने डान लावरेंसले ९, कप्तान जो रुटले ६, मोइन अलीले ६, ओली स्टोनले १, ज्याक लिचले ५ र स्टुअर्ट बोर्ड शुन्य रन बनाएर आउट भए ।
त्यस्तै इङल्याण्डलाई सस्तैमा समेटने क्रममा भारतका बलर आर आश्विनले ५ विकेट लिएका थिए । त्यस्तै इशान्त शर्माले २ विकेट लिए भने डेभ्यु टेस्ट खेलिरहेका अक्सर पेटलले २ विकेट लिए । त्यस्तै मोहमद सिराजले एक विकेट लिए ।
योसँगै भारतलाई पहिलो इनिंगमा महत्वपूर्ण १९५ रनको अग्रता हासिल भएको छ । भारतले पहिलो इनिंगमा ३२९ रन बनाएको थियो ।अब भारतले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ ।




