खेलकुद

वेष्ट इन्डिजद्वारा बंगलादेशलाई २३१ रनको लक्ष्य

ढाका । टेष्ट च्याम्पियनसीप अन्तर्गत बंगलादेशविरुद्धको दोस्रो टेष्टमा वेष्ट इन्डिजले २ सय ३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

खेलको चौथौ दिन वेष्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रनमा समेटिएपछि बंगलादेशलाई २ सय ३१ रनको विजयी लक्ष्य दिएको हो ।वेष्ट इन्डिजले पहिलो पारीमा १ सय १३ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङ्समा वेष्ट इन्डिजका नक्रमा बोनरले ३८, जोशुवा डा सिल्भाले २० तथा जोन काम्पबेललेले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका ताइजुल इस्लामले ४, नईम हसनले ३ तथा अबु जायदले २ विकेट लिए ।पहिलो पारीमा वेष्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो ।

यस्तै, बंगलादेशले पहिलो पारीमा लिटोन दास, मेहिदी हसन र मुश्फिकुर रहिमको अर्धशतकीय पारीको मद्धतमा २ सय ९६ रन बनाएको थियो ।पहिलो टेष्टमा वेष्ट इन्डिज ३ विकेटले विजयी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *