खेलकुद

इङल्याण्डविरुद्ध रोहितको शतकसँगै भारतको राम्रो शुरुवात

काठमाडौँ । इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतले राम्रो शुरुवात गरेको छ ।पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाएर ३०० रन बनाएको छ ।

भारतका लागि रोहित शर्माले १६१ रन बनाए । रोहितले आफ्नो टेस्ट क्यारियरमा सातौ शतक बनाउदै यस टेस्टमा भारतलाई राम्रो शुरुवात दिएका थिए । रोहितले दोस्रो विकेटका लागि चैतेश्वोर पुजारासँग ८५ रन तथा आजिख्य रहानेसँग १६२ रनको साझेदारी गरेका थिए ।

रहानेले ६७ रनको योगदान दिए भने पुजारा २१ रन बनाएर आउट भएका थिए । त्यस्तै आर आश्विनले १३ रन बनाए भने शुभमन गील र कप्तान विराट कोहली शुन्यमा आउट भएका थिए ।

अहिले रिषव पन्तले ३३ र टेस्ट डेभ्यु गरेका अक्सर पटेलले ५ रन बनाएर अविजित रहेका छन् ।

इङल्याण्डका लागि ज्याक लिच र मोइन अलीले २-२ विकेट लिए भने ओली स्टोन र जो रुटले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *