खेलकुद

महिला लिगमा पुलिसले चन्द्रपुरलाई हरायाे

काठमाण्डाै। राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चन्द्रपुरलाई तीन–शून्यले हराएको हो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले एक/एक गोल गरे ।

लिगमा पुलिसको यो चौथो जित हो । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकासँग अङ्क बराबरी गरेको छ । १४ अङ्क जोडेको पुलिस गोल अन्तरका आधारमा चौथो स्थानमा छ । चन्द्रपुर ६ अङ्कसहित छैटौँ स्थानमा छ ।

शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *