खेलकुद

नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कोभिड-१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित भएको हो। ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।

यस्तै आईसीसीले अप्रिल र मेमा तय भएको पीएनजी, ओमान र स्कटल्याण्ड तथा पीएनजी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *