खेलकुद

अभिषेकले भारतको आई लिग खेल्ने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजोल एफसीबाट भारतको आई लिग खेल्ने भएका छन् ।

यसअघि भारतको दोस्रो डिभिजनको क्लब मोहमेदन एफसीमा आबद्ध भएका अभिषेकले क्लब परिवर्तन गरेर आइजोल एफसीमा गएपछि आई लिगका बाँकी खेल त्यहीँबाट खेल्न लागेका हुन् ।

अभिषेक सम्मिलित मोहमेदन यसै वर्ष दोस्रो डिभिजनबाट आईलिगमा उक्लिएको छ । आईलिगमा उक्लिएको अवस्थामा मात्र निरन्तरता दिने गरि अभिषेकले क्लबसंग सम्झौता गरेका थिए । तर, आईलिगमा उत्रने बित्तिकै मोहमेदनले बजेटमा भारी मात्रामा वृद्धि गर्यो ।

बजेट बढेसंगै मोहमेदनले बंगलादेशका कप्तान जामल बुयानलाई अनुबन्धन गर्यो । डेनमार्कमा जन्मिएका बंगलादेशी मुलका जामलको आगमनसंगै अभिषेक स्थान अनिश्चित बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *