चेन्नइ । टेष्ट च्याम्पियनसीप अन्तर्गत इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टकाे पहिलाे पारीमा भारत ३ सय ३७ रनमा समेटिएको छ ।
टेष्टको चौथो दिन आज ६ विकेटको क्षतिमा २ सय ५७ रनबाट पारीको सुरुवात गरेको भारतले बाँकी ८० रन जोड्दा चार विकेट गुमाएको थियो ।
भारतका ऋषभ पन्तले ९१, वासिङ्टन सुन्दरले ८५, चेतेश्वर पुजराले ७३, रविचन्द्रन आश्विनले ३१ तथा शुभमन गिलले २९ रनको पारी खेले ।
भारतलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका डोमिनिक बेसले ४, जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले समान दुई–दुई विकेट लिए ।
पाहुन टोली इंग्ल्यान्डले कप्तान जोय रुटको दोहोरोा शतकको मद्धतमा ५ सय ७८ रनको विशाल योगफल बनाएको थियो । रुटले २ सय १८, डोमिनिक सिब्लेले ८७ तथा बेन स्ट्रोक्सले ८२ रन बनाए ।
यसैगरी, डोमिनिक बेस र ओली पोपले समान ३४–३४, रारी ब्रन्सले ३३ र जोस बट्लरले ३० रनको योगदान दिए ।




