खेलकुद

सिड्नी सिक्सर्सले जित्यो बिग बाश लिगको उपाधि

काठमाडौँ । बिग बाश लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सिड्नी सिक्सर्सले पर्थ स्कोर्चर्सलाई २७ रनले पराजित गर्दै बिग बाशको उपाधि जितेको हो ।
सिड्नीले दिएको १८९ रनको लक्ष्य पछाएको पर्थले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो ।

योसँगै सिड्नी सिक्सर्सले लगातार दोस्रो पटक बिग बाशको उपाधि जितेको छ भने अहिलेसम्म तीन पटक बिग बाशको उपाधि जितेको छ ।

त्यस्तै पर्थ भने तेस्रो पटक बिग बाशको उपविजेता बनेको छ । पर्थले अहिलेसम्म दुई पटक उपाधि जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *