काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले शानदार जित हात पारेको छ ।
शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० गोलअन्तरले पराजित गरेको हो । आर्मीको फराकिलो जितमा रश्मी घिसिङले ४ गोल गर्न सफल भइन् । यस्तै, सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरे । आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो ।
यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ७ खेलबाट १६ अंक पुगेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी भने तालिकाको पुछारमा छ ।




