खेलकुद

इंग्ल्यान्डका कप्तान जो रुटले प्रहार गरे दोहोरो शतक

काठमाडौँ । इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् ।

चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन ३७७ रनको सामना गरेका उनी २१८ रन बनाएर आउट भए । उनलाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थिए ।

योसँगै रुट ब्यक्तिगत १ सय खेलमा दोहोरो शतक प्रहार गर्ने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले पहिलो दिननै शतक प्रहार गर्दै ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *