काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले इंग्ल्याण्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ । ओभल इन्भिन्सिबल्सले रिटेन रिटेन गरेसँगै लामिछानेले खेल्ने पक्का भएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एक वर्ष पछाडि सरेको प्रतियोगितामा ओभल टिमले सन्दिपसहित ११ जना खेलाडीलाई रिटेन गरेको हो । सन्दिपलाई ओभलले एक लाख पाउण्डमा अनुबन्ध गरेको थियो ।
सन्दिपसँगै साम बिलिङ, एलेकस ब्लाक, साम कुरान, टोम कुरान, लउरी इभान्स, विल ज्याक, सुनील नारायन, जेसोन रोय, नाथन सोटेर र रिसी टोप्लेलाई ओभलले रिटेन गरेको छ ।
प्रतियोगिताका लागि यो महिनाको अन्तिममा ड्राफ्ट हुँदैछ । जसका लागि रिलिज र रिटेन गर्ने खेलाडीको नाम सार्वजनिक गरिएको हो ।




