खेलकुद

नेपालले कतारसँग खेल्ने बाइल्याट्रल सिरिज स्थगित हुने

काठमाडौँ । नेपालले कतारसँग खेल्ने बाइल्याट्रल सिरिज स्थगित हुने भएको छ ।

बढ्दो कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कतार सरकारले कडाइ गरेपछि फेब्रुअरी दोसो सातामा हुने प्रतियोगिता आयोजकले स्थगित गर्न लागेको बताइएको छ ।

क्यानले सिरिजका लागि आजबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, सरद भेषवाकर लगायतका सिनियर खेलाडीहरुलाई बिश्राम दिइएको थियो । तर, बन्द प्रशिक्षण सुरु गरेको दिन सिरिज नहुने जानकारी आएको हो । यद्यपी क्यानले औपचारिक रुपमा भने कुनै जानकारी दिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *