काठमाडौं । युएईमा जारी टि-१० लिग क्रिकेटमा नेपाली खेलाडी सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार भएको समूह चरणको आफ्नो तेस्रो खेलमा मराठा बेंग्ला टाइगर्ससँग ६ विकेटले पराजित भयो ।
टस हारेर ब्याटिङमा आएको मराठाले आफ्नो इनिङ्समा विकेट नगुमाइकन १०२ रन बनायो । उसका लागि मोहम्मद हाफिजले ६१ र अब्दुल शकुरले ३४ रन बनाए ।
१०३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बेंग्लाले ४ विकेट गुमाउँदै ८ ओभरमै लक्ष्य भेट्टायो । यससँगै ३ खेलमा २ खेल हारेर एक खेल जितेको मराठा २ अंक मात्रै बनाएको छ ।
आजको खेलमा पनि नेपाली खेलाडी सोमपालले १ ओभर बलिङ गरेका थिए । उनले आफ्नो ओभरमा १२ रन दिएका थिए ।




