काठमाडौँ । सिड्नी सिक्सर्स अस्ट्रेलियामा जारी बिग बाश लिगको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वालिफायरमा सिड्नी सिक्सर्सले पर्थ स्कोर्चर्सलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पर्थले दिएको १६८ रनको लक्ष्य पछाएको सिड्नीले १७ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पर्थले २० ओभरमा ६ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।
अब पर्थ पराजित भएपनि प्रतियोगिताबाट भने बाहिरिएको छैन । पर्थले अब च्यालेन्जर्समा नकआउट खेलमा सिड्नी थण्डर र ब्रिसबेन हीटबीचको विजेतासँग खेल्ने छ । च्यालेन्जर्सको विजेताले फाइनलमा सिड्नी सिक्सर्ससँग उपाधिका लागि खेल्ने छ ।




