खेलकुद

आर्मीद्वारा एपिएफलाई २१२ रनको मध्यम लक्ष्य

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) लाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

मध्यम सुरुवात गरेकाे आर्मीका लागि हरि चौहानले अर्धशतकीय पारी खेले । १ सय २ बल खेलेका हरिले ६ चौका प्रहार गरे । यस्तै, राजेश पुलामीले २८, शाहाब आलमले अविजित २५ रन जोडे ।

निरन्तरको अन्तरालमा विकट गुमाएको आर्मीका लोकेश बमले १५, शुशान भारी र रोहित पौडेलले समान १३–१३ तथा अनिल मण्डल र विक्रम सोबले ११–११ रन बनाए ।

एपिएफका अविनाश बोहराले ४ तथा किशोर महतोले २ विकेट लिए । एपिएफका बलरहरुले २३ रन (१२ वाइड र ११ लेगबाइ) अतिरिक्त दिए ।

सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रन तथा आर्मी क्लबले बागमती प्रदेशलाई १ सय ३५ रनले पराजित गर्दै फाइनमा स्थान बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *