खेलकुद

प्रधानमन्त्री कप फाइनलः एपीएफविरुद्ध आर्मी टस हारेर ब्याटिङमा

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पीएफले फिल्डिङ रोजेको छ । अब त्रिभुवन आर्मी क्लबले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । शरद भेषवाकरको कप्तानीमा एपीएफ मैदानमा उत्रनेछ भने आर्मीको कप्तान विनोद भण्डारीले गर्नेछन् । दुबै टोली उपाधि जित्नेमा आशावादी छन् ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनलमा लगातार पराजित हुन पुगेको थियो । एपिएफले भने दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

हाल दुबै टोली समूह ‘ए’ बाट आएका हुन् । समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *