काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी-२० सिरिजका लागि बन्द प्रशिक्षण गर्न १८ खेलाडी छनौट गरेको छ ।
क्यानले पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, स्पिनर सन्दीप लामिछाने लगायतका खेलाडीलाई भने समावेश गरेको छैन ।
बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, लोकेस बम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ सेख, अविनास बोहोरा, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, पवन सराफ, विवेक यादव, कृष्ण कार्की, सौरभ खनाल, सोमपाल कामी, भुवन कार्की, करण केसी, कुशल मल्ल र साहब आलमलाई छनौट गरिएको छ ।
नेपालले कतारको स्पोर्ट्स डेको अवसरमा तीन खेलको टी-२० सिरिज फेब्रुअरी ९ देखि १२ सम्म खेल्दै छ ।





