खेलकुद

करणको टिम पुणे डेभिल्स पराजित

काठमाडौँ । दुबईमा जारी टी-१० लिग क्रिकेट प्रतियोगितामा करण केसीको टिम पुणे डेभिल्स पराजित भएको छ ।


शुक्रबार सम्पन्न खेलमा पुणेलाई क्लान्दरले ९ विकेटले पराजित गरेको हो । पुणेले दिएको १०८ रनको लक्ष्य पछाएको क्लान्दरले ७.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पूणेले १० ओभरमा २ विकेट गुमाउदै १०७ रन बनाएको थियो ।

क्लान्दरको यो पहिलो खेलमा पहिलो जित हो भने पहिलो खेल जितेको पुणेले दोस्रो खेलमा भने हार बेहोरेको छ ।

पुणेबाट खेलिरहेका नेपाली अलराउन्डर करण केसीले भने यस खेलमा एक ओभर बलिङ गर्ने मौका पाएका थिए । करणले एक ओभरमा ९ रन दिएका थिए ।

पुणेले आइतबार टिम आबुधाबीसँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *