काठमाडौँ । पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट ७ विकेटले जितेको छ । पहिलो टेस्टको चौथो दिन दक्षिण अफ्रीकाले दिएको ८८ रनको लक्ष्य पछाएको पाकिस्तानले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि दक्षिण अफ्रीकाले पहिलो इनिंगमा २२० र दोस्रो इनिंगमा २४५ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले भने आफ्नो पहिलो इनिंगमा ३७८ रन बनाएको थियो ।
यस खेलमा पाकिस्तानको पहिलो इनिंगमा फवाद आलमले १०९ रनको शतकीय पारि खेलेका थिए भने पाकिस्तान बलर नउमान अलीले आफ्नो डेभ्यु खेलमै दक्षिण अफ्रीकाको दोस्रो इनिंगमा ५ विकेट लिएका थिए । त्यस्तै पाकिस्तानको पहिलो इनिंगमा दक्षिण अफ्रीकाका बलर कागीसो रबाडाले ३ विकेट लिदै आफ्नो क्यारियरमा टेस्ट खेलमा २ सय विकेट पुरा गरेका थिए ।
यो जितसँगै २ खेलको टेस्ट सिरिजमा पाकिस्तान १-० ले अगाडी भएको छ ।
अब सिरिजको दोस्रो खेल फेब्रुअरी ४ बाट रावलपिन्डीमा हुने छ ।
पाकिस्तान टुरमा आएको दक्षिण अफ्रीकाले २ टेस्ट खेलको सिरिजका अलावा ३ खेलको टी-२० सिरिज पनि खेल्दै छ ।




