खेलकुद

टी–१० क्रिकेट : सोमपालको टिम मराठा अरेबियन्स विजयी

काठमाडौं । दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा मराठा अरेबियन्सले उद्घाटन खेल जितेको छ । नेपालका क्रिकेटर सोमपाल कामी खेल्ने अरेबियन्सले पहिलो खेलमा नर्थर्न वारियर्सलाई ५ विकटले पराजित गरेको हो ।


वारियर्सले दिएको १२८ रनको लक्ष्य पछाएको अरेबियन्सले१० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको थियो ।

टी-१० लिगमा नेपालि तीन खेलाडी खेल्दै छन् भने पूर्व कप्तान पारस खड्का टिम आबुधाबीका लागि इमर्जिंग ट्यालेन्ट म्यानेजरको भूमिकामा रहेका छन् । त्यस्तै कुशल मल्ल टिम आबुधाबीबाट खेल्दै छन् भने करण केसी पुणे डेभिलबाट खेल्दै छन् । करणको टिम पूणेले आजै राति डेक्कन ग्लाडीयटर्सविरुद्ध खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *