खेलकुद

टी–१० लिगमा सोमपालको डेभ्यु

काठमाडौं । दुवईमा आजदेखि शुरु भएको टी–१० क्रिकेट लिगमा नेपालका क्रिकेटर सोमपाल कामीले डेभ्यु गरेका छन् ।


मारठा अरेबियन्सबाट टी-१० लिग खेलिरहेका सोमपालले प्रतियोगिताकै पहिलो खेलमा प्लेइङ इलेभेनमा परेका हुन् ।

सोमपालले पहिलो खेलमा नर्थर्न वारियर्सविरुद्ध २ ओभर बलिङ गर्दै २८ रन दिएका छन् । सोमपालले आफ्नो पहिलो खेलमा विकेट नलिएपनि एक क्याच भने लिएका थिए ।

टस हारेर पहिला ब्याटिंग गरेको वारियर्सले १० ओभरमा २ विकेट गुमाउदै १२७ रन बनाएको छ । अब मारठा अरेबियन्सले जितका लागि १२८ रनको लक्ष्य पाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *