काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज किर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको छ ।
आजको खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २०४ रनको लक्ष्य दिएको छ ।एपीएफले ५० ओभरमा ९ विकेट गुमाउदै २०३ रन बनाएको हो ।
एपीएफका लागि शंकर रानाले सर्बाधिक ४४ रन बनाएका थिए भने भुवन कार्कीले ४२ रन बनाएका थिए ।
त्यस्तै सन्दीप जोराले ३४ रनको योगदान दिए भने सुबास खकुरेल र कमल ऐरीले १९-१९-१९ र कप्तान शरद भेस्वाकरले १८ रन बनाए । त्यस्तै अविनाश बोहोराले अविजित ११ रन बनाएका थिए ।
त्यसैगरी पुलिस क्लबका बलर आरिफ सेखले ३ विकेट लिएका थिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए । त्यस्तै रशिद खान र सागर ढकालले एक एक विकेट लिएका थिए ।




