काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० खेल खेल्न कतार जाने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले फेब्रुअरी ९-१२ सम्म हुने ‘कतार स्पोर्ट्स डे’ को अवसरमा कतार क्रिकेट एसोसियसनको निमन्त्रणालाई स्वीकार गर्दै टी-२० खेल खेल्न जाने निर्णय गरेको हो ।
यसको तयारीका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण फेब्रुअरी १ देखि गर्ने क्यानले जनाएको छ ।त्यस्तै क्यानले जारी पिएम कप प्रतियोगिताको विजेताहरुले पाउने पुरस्कार राशिको पनि घोषणा गरेको छ ।
प्रतियोगिताको विजयी टिमले १० लाख पाउने भएको छ भने उपविजेताले ५ लाख पुरस्कार पाउने छ । त्यस्तै सेमिफाइनलमा पुगेका हरेक टिमले ५० हजार पाउने छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५० हजार तथा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने भएका छन् ।




