काठमाडौँ । इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमाथि कब्जा गरेको छ ।
जारी दोस्रो टेस्टमा ६ विकेटको जित हासिल गर्दै टेस्ट सिरिज २-० ले जितेको हो ।
दोस्रो टेस्टमा श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछाएको इङल्याण्डले ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
श्रीलंकाले पहिलो इनिंगमा ३८१ रन बनायो भने इङल्याण्डले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो । त्यस्तै श्रीलंका दोस्रो इनिंगमा केबल १२६ रनमा अल आउट भएपछि इङल्याण्डले जितका लागि १६४ रनको लक्ष्य पाएको थियो ।
योजितपछि इङल्याण्ड टेस्ट सिरिज २-० ले जितेको छ ।




