खेलकुद

चेल्सीद्वारा प्रशिक्षक बर्खास्त

प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले १८ महिनापछि लाम्पार्डलाई बर्खास्त गरेको हो ।

जारी सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *