खेलकुद

प्रधानमन्त्री कप : एपिएफद्वारा आर्मीलाई २४१ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबसामु २ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले २ बल बाँकी रहँदा अलआउट हुनअघि २ सय ४० रन बनाएको थियो ।

मध्यम सुरुवात गरको एपिएफका लागि सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, अमर रौटेलाले २६, शरद भेषवाकरले २४, बशन्त रेग्मीले २० रनको योगदान दिए । आर्मीका बलरहरुले अतिरिक्त ३९ दिएका थिए ।

आर्मीका हरि चौहानले सर्वाधिक पाँच विकेट लिए भने शाहाब आलमले २ तथा शुशान भारी, बिक्रम सोब र आकाश चन्दले समान एक–एक विकेट हात पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *