खेलकुद

राष्ट्रिय महिला लिग :एपीएफको दोस्रो जित

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो सानदार जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् ।

लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *