खेलकुद

बागमती प्रदेशद्वारा लुम्बिनीलाई २२१ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई २२१ रनको लक्ष्य दिएको छ ।


टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले आदील खान र इशान पाण्डेको अर्धशतकको मद्दतले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको हो ।

आदीलले ५५ रन बनाए भने पाण्डेले ५१ रन बनाएका थिए । त्यस्तै आकाश थापाले ३९ रन, पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान दिएका थिए ।

त्यस्तै लुम्बिनी प्रदेशका बलर दिपेन्द्र रावतले ३ विकेट लिएका थिए भने कृष्ण कार्की र सन्दीप सुनवारले २-२ विकेट लिएका थिए । त्यस्तै बिक्रम भुसाल र अनिल खरेलले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा अहिलेसम्म बागमतीले खेलेका तिनै खेल जितेको छ भने लुम्बिनी प्रदेशले ३ खेलमा दुई जित र एक हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *