खेलकुद

राष्ट्रिय महिला लिग:पुलिसको पहिलो जित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित दर्ता गरेको हो ।

पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २/२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक/एक गोल गरिन् ।

जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *