खेलकुद

पिएम कपमा बागमती प्रदेशको लगातार तेस्रो जित

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले लगातार तेस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो ।


प्रदेश २ ले दिएको १८० रनको लक्ष्य पछाएको बागमतीले ४८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

बागमतीका लागि पृथु बास्कोटाले अविजित ५३ रन बनाए भने बिभत्सु थापाले ४७, आकाश थापाले ३२ रन बनाएका थिए । त्यस्तै इशान्त पाण्डेले १५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले अविजित ७ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै प्रदेश २ ले ४८.२ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।प्रदेश २ का लागि बिबेक यादवले ६६ रन बनाए भने कुमार थापाले २२ रन बनाए । त्यस्तै राहुल प्रताप सिंहले १८, सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन बनाए ।

त्यस्तै बागमती प्रदेशका बलर गौतम केसीले ४ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए । त्यस्तौ नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिएका थिए ।

यो जितपछि बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा तिनै खेलमा जित हासिल गरेको छ ।त्यस्तै प्रदेश २ ले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पिएम कप अन्तर्गत शनिबार एपीएफ क्लब र कर्णाली प्रदेशबीच तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *