खेलकुद

पिएम कपमा प्रदेश १ को पहिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।


शुक्रबार सम्पन्न खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

प्रदेश १ ले दिएको २१६ रनको लक्ष्य पछाएको कर्णाली प्रदेश ३५ ओभरमा अल आउट हुदै १५६ रन बनाएको छ ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको प्रदेश १ ले ५० ओभरमा ९ विकेट गुमाउदै २१५ रन बनाएको थियो ।

यो जितपछि प्रदेश १ ले अहिलेसम्म खेलेका ४ खेलमा पहिलो जित हासिल गरेको छ । त्यस्तै कर्णाली प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र दुई हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *