खेलकुद

टि–१० लिग खेल्न पारससँगै नेपाली खेलाडी गए आबुधाबी

काठमाडौं।राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, तीब्र गतिका बलर करण केसी र युवा अलराउन्डर कुशल मल्ल संयुक्त अरव इमिरेन्ट्स (यूएई)काे आबुधाबीमा हुने टि–१० लिग खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

तीब्र गतिका बलर सोमपाल कामी भने आज बिहानै यूएई गइसकेका छन्।पूर्वकप्तान पारस खड्का टि–१० लिगमा इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा छन्।

लिगमा करण पुणे डेभिल्स, कुशल टिम आबूधाबी र सोमपाल मराठा अरेवियन्समा आवद्द छन्।टि–१० जनवरी २८ देखि फेब्रुअरी ६ सम्म यूएईकाे राजधानी आबुधाबीमा हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *