खेलकुद

सावित्राको ह्याट्रिकमा एपीएफको जित

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक-एक गोल गरिन् ।

खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा अन्जलीको गोलमा एपीएफले अग्रता दोब्बर बनायो ।

खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् ।

खेलको चौंथो गोल कप्तान अनिताको नाममा रह्यो । खेलको ६४ औं मिनेटमा सावित्राको पासमा अनिताले गोल गर्दै अग्रता फराकिलो बनाइन् ।

खेलको ७३ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो ।

जितसंगै एपीएफले ३ अंक जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *