काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
गण्डकी प्रदेशले दिएको १०७ रनको लक्ष्य पछाएको एपीएफले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
एपीएफका लागि आसिफ सेखले ७८ रन बनाए भने सुमित महर्जनले १८ रन बनाए ।
त्यस्तै गण्डकीका बलर चन्द्र पौडेल र विशाल पौडेलले २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले ४६ ओभरमा अलआउट हुदै १०६ रन बनाएको थियो ।
गण्डकीका लागि समीर कडेलले सर्बाधिक ३६ रन बनाए भने बिष्णु पाण्डे र दिपेश खत्रीले १५-१५ रन बनाएका थिए । त्यस्तै दिनेश बुढामगरले १२ रन बनाए । गण्डकीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेकन ।
एपीएफका बलर कमल सिंह ऐरीले ४ विकेट लिए भने अविनाश बोहोरो र शरद भेस्वाकरले २-२ विकेट लिए । त्यस्तै किशोर महतोले एक विकेट लिए ।
यो जितपछि प्रतियोगितामा एपीएफ लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै गण्डकी प्रदेशले भने खेलेको ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।




