काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।
बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल बनाएको हो ।
पुलिसका लागि सुनिल धमला, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे । धमलाले शतकीय इनिङ्स खेल्दै १ सय ४ रन जोडे । ऐरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै, सरार्फले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । उनले १३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २८ रन बनाए ।




