काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले ४२.३ ओभरमा अल आउट हुदै २०४ रन बनाएको हो ।
गण्डकीका लागि राहुल उपाध्यायले सर्बाधिक ५३ रन बनाए भने अर्जुन कुमालले ४६ रन बनाए । त्यस्तै कप्तान विपिन खत्रीले ३२ रन बनाए भने बिशाल पौडेलले १५ रन बनाए ।
कर्णालीका बलर दिनेश अधिकारीले ३ विकेट लिए भने अर्जुन चुनारा र दिवान पुनले २-२ विकेट लिए भने रबिन्द्र शाहीले एक विकेट लिए ।
प्रतियोगितामा गण्डकीले यस अघि खेलेका २ खेलमा एक जित एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले एक खेलमा हार बेहोरेको छ ।




