खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले गण्डकी प्रदेशलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानीस्थित मुलपानी क्रिकेट ग्राउण्डमा टस जितेर पहिल ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश नम्बर एकले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।

प्रदेश एकका लागि सिद्धान्त लोहनीले २४, मनिष थापाले २२, शुभंकर उराउले १२ तथा दीपक पासवानले ११ रन जोडे ।

गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४–४ तथा विपिन खत्रीले २ विकेट लिए । ६.४ ओभर बलिङ गरेका विशालले प्रतियोगितामा पहिलो ह्याट्रिक पुरा गरे । विशालले २८औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा राजन मगरलाई ४, मनोज तामाङ र हेमन्त राईलाई शून्य रनमा आउट गर्दै ह्याट्रिक पुरा गरे ।

प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टोली सहभागी रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब गण्डकी प्रदेश, प्रदेश नम्बर एक र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *